Search

औपचारिक रुपमा समापन गरेको

हङ्कङबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था हंगकंग नेपाली मञ्च यूकेले गत मे र जुन महिनामा रामेछाप जिल्लाको फर्पु गाविसमा शुरु गरेको राहत कार्यक्रमलाई औपचारिक रुपमा समापन गरेको छ । महाभूकम्प पश्चात भुकम्प ग्रस्त क्षेत्रहरुमा गएर पिडितहरुलाई प्रत्यक्ष भेटी राहत पुर्याउने योजना अनुरुप अध्यक्ष बिश्व जंग गुरड.को नेतृत्वमा मञ्चका साधारण सदस्यहरुबाट करिब पाँच लाख रुपैयाँ संकलन भएको थियो भने सचिब खुशी लिम्बुको नेतृत्वमा हंगकंग नेपाली मञ्चका एक टोली नेपाल गएर रामेछापको फर्पु गाबिसका अति प्रभावित ३० घरपरिवारहरुलाई फलामका छड र जस्ताद्धारा निर्मित टहराहरुको निर्माण कार्य सम्पन्न गरिएको थियो ।

शुरुमा मन्चले बिभिन्न संचार माध्यमहरु मार्फत करिब ४० घरपरिवारहरुलाई टहराहरु प्रदान गर्ने भनेता पनि रकम संकलनमा केही ढिलाई हुन गएका कारण सचिब खुशी लिम्बु ३० वटा टहराहरु मात्र गाउँवासीहरुलाई हस्तान्तरण गरेर गत जुनमा बेलायत फर्किएका थिए । त्यसैले बाँकी टहराहरुको निर्माण कार्य सम्पन्न गर्नका निम्ति हङ्कङ नेपाली मन्चका सचिब खुशी लिम्बु गत अक्टोबर १२ मा नेपाल आउनुभएको हो । स्वयम्भुको ठुलो भर्र्याङ्स्थित आफ्नै निजी निवासमा सचिब खुशी लिम्बुले उक्त कार्यक्रमको आयोजना र सन्चालन गरेका थिए । गैर्-आवासीय नेपाली संघको विश्व सम्मेलनको अवसरमा नेपाल आउनुभएका एन आर एन यूकेका पदाधिकारीहरु लगायत बिभिन्न उच्च ब्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रमका अध्यक्षता मन्चका सल्लहकार श्री बिजय बिक्रम लिङ्देनले गरेका थिए भने प्रमुख अतिथि एन आर एन यूकेका अध्यक्ष मुछेत्र गुरुङ रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा रामेछापबासी भूकम्प पीडितहरुका तर्फबाट आदिबासी जनजाती चलचित्र कलाकार महासंघ अध्यक्ष अमृत सुनुवार, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मा, तमुधी यूकेका अध्यक्ष सूर्जे गुरुङ, एन आर एन युरोपका कुल आचार्य र थर्क सेन, एन आर एन आई सीसी सदस्यहरु सुश्मा राइ, जयप्रकाश गुरुङ, बच्चास्पती रेग्मी लगायत काठमाडौं, ललितपूर र पाँचथर जिल्ला निवासी बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो । बक्तब्यको क्रममा प्रमुख अतिथि मुछेत्र गुरुङ्ले नेपाल र नेपालीका हितका लागि आगामी दिनहरुमा एन आर एन यूके र हङ्कङ नेपाली मन्च मिलेर अघि बढ्नु पर्ने आफ्नो बिचार प्रकट गर्नुभयो । त्यस्तै गरी अर्का बक्ता अमृत सुनुवारले नेपाल आदिबासी चलचित्र कलाकार महासंघले आगामी दिनहरुमा एन आर एन यूकेसँग मिलेर काम गर्न चाहेको र त्यसका लागि एन आर एन यूकेको साकारत्मक सोच र सहयोगको अपेक्षा समेत राखेको बिचार ब्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष श्री बिजय बिक्रम लिङ्देनले कार्यक्रम समापन गर्नुपूर्व हङ्कङ नेपाली मन्च यूकेको तर्फबाट कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिले मन्चद्वारा सन्चालित भूकम्प पीडित राहत कार्यक्रममा उल्लेखनीय योगदान पुर्‍याउनुहुने दुई जना बिशेष ब्यतिहरुलाई सम्मान स्वरुप खादा र प्रमाणपत्र प्रदान गर्नुभयो भने सचिब खुशी लिम्बुले मन्चकै तर्फबाट रामेछापको फर्पू गाविस निवासी भूकम्प पीडितहरुका प्रतिनिधिका रुपमा उपस्थित रहनुभएका बिशेष आतिथि अमृत सुनुवारलाई रु १,००,००० (एक लाख) को चेक प्रदान गर्नुभयो ।

कार्यक्रमको समापन पश्चात एन आर एन यूकेका प्रबक्ता समेत रहनुभएका खुशी लिम्बुले उपस्थित अथितिहरुका निम्ति एक बिशेष रात्री भोजको आयोजना गर्नुभयो । उक्त अवसरमा आफ्नो गृह जिल्ला पाँचथरको थर्पू गाविस वडा न ७ मा अवस्थित श्री सिरिसे निम्न माध्यमिक् बिद्यालयको पुनर्निमाण र माध्यमिक् कक्षा सन्चालन अभियान शुरु गर्न एन आर एन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, महासचिब बिजय बिक्रम लिङ्देन, उक्त गाविसका समाजसेवीहरु अमर बहादुर तावा र भिम बहादुर तावाबाट ब्यानरको अनावरण गराए । गत बैशाखको भूकम्पबाट भत्किएको उक्त बिद्यालय भवनको पुनर्निमाण गर्दै माध्यमिक् कक्षा समेत सन्चालन गर्न करिब् १५ लाख रुपैयाको लागतको भवनको आवश्यकता पर्ने र नेपाल लगायत संसारका बिभिन्न देशहरुमा रहंदै आएका थर्पू गाविस वासीहरु लगायत अन्य माध्यमबाट रकम संकलन हुने र त्यसको शुरुवात आफू बेलायत फर्केपश्चात त्यहाँबाटै शुरु गर्ने कुरा प्रबक्ता खुशी लिम्बूले बताउनु भयो । त्यस्तै गरी एन आर एन अध्यक्ष मुछेत्र गुरुङ र महासचिब बिजय बिक्रम लिङ्देनले उक्त बिद्यालय भवन पुनर्निमाण र माध्यमिक् कक्षा सन्चालन अभियानको सफलताको कामना गर्नुहुँदै उक्त कार्यक्रमलाई एन आर एन यूकेको एक एजेन्डा बनाउने प्रयत्न गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

Share Button

Leave a Comment