Search

स्विन्डनमा सम्पन्न तेश्रो कार्यसमितिको तेश्रो बैठक

हिजो स्विन्डनमा सम्पन्न तेश्रो कार्यसमितिको तेश्रो बैठकमा पाल्नुभएका सबैजनामा हार्दिक नमस्कार ।
बैठकमा छलफल भएका बुँदाहरु र पारीत भएका प्रस्तावहरु सह-सचिव श्रीमती जानुका लिम्बूज्युले निकै मिहेनत गरेर माइन्युटको रुपमा तयार गर्नुभएको छ, जसलाई मैले अध्यक्षज्यू कहाँ स्वीकृतिको निम्ति पठाएको छु । सबै कुरा यथावत रहेमा उक्त माइन्युट भोली सम्ममा तपाईंहरुलाई ईमेल मार्फत प्राप्त हुनेछ । कृपया पिडिएफमा हेर्नुहोला । केही बुँदाहरु छुट्न गएमा हामी सचिवहरु क्षमाप्रार्थी छौं। कृपया जानकारी गराउनुहोला ।

उपस्थित सबैजनालाई अध्यक्ष तथा कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु । बिशेष गरी बैठक कक्षको आयोजना गरी उलेख्य उपस्थितिको साथ बैठक सफल बनाइदिनुहुने एचके नेप्लिज स्विन्डन क्लबका श्री टंग राई (साइंला), बल्लब गुरुङ अनि सबै साथीहरु, एचकेएनएम युकेका स्विन्डन प्रतिनिधिद्वय श्री भुवन गुरुङ र मिलन गुरुङ ज्यू, एचकेएनएम युकेका उपाध्यक्ष श्री भिम महेन्द्र गुरुङ ज्यू र सल्लाहकार श्री दीपक थापा (लछुमन) ज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
त्यस्तैगरी, बैठकमा उपस्थित सबैजनालाई जलपान र मिष्ठान्नको प्रवन्ध गर्नुभएकोमा एचके नेप्लिज स्विन्डन गाइजहरुलाई पुन: हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
त्यस्तैगरि, बैठक सुचारु रुपले संचालन गर्नका निम्ति आफ्नो प्रोजेक्टर उपलब्ध गराएर सहयोग गुर्नुहुने एचकेएनएम यूकेका हाम्रा सल्लाहकार श्री मधुकार गुरुङ ज्यूप्रति पनि हामी आभारी छौं ।
स्विन्डन निवासी हाम्रा हङ्कङेली साथीहरुसँग पहिलो पटक एकैमेचमा बसेर बैठक गर्नु आँफैँमा ऐतिहासिक त छँदैछ नै, त्यसको अलावा यस् बैठकले बिभिन्न बिषयहरुमा महत्वपूर्ण निर्णयहरु गरेका छन् । यसलाई कार्यन्वयन गर्दै अघि बढौँ भन्ने प्रतिवद्दता जाहेर गर्दछु ।
अन्तमा, हङ्कङ नेपाली मन्च युकेको साधारण सदस्यता लिएर यस् संस्थालाई अरु बढी संगठित बनाइदिनुहुने स्विन्डन निवासी हाम्रा एचकेएनएस क्लबका १५ जना साथीहरु (भुवन गुरुङ, भेक्स राना, खगेन्द्र गौचन, टंग राई, लोकमान गुरुङ, जित बहादुर गुरुङ, भुबेन्ब्र कुमार गुरुङ, डबकाजी गुरुङ, चक्र गुरुङ, मेन गुरुङ, सन्देश गुरुङ, वाइ प्रसाद गुरुङ, चिजकाजी गुरुङ, मिलन गुरुङ र ज्ञान गुरुङ ज्यूहरु) लाई अध्यक्ष श्री विश्वजङ गुरुङ ज्यू र कार्यसमितिको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।
आगामी मे २ शनिवारका दिन पुन: सबैजना भेटौं भन्ने कामनाका साथ ।
खुशी लिम्बू
महासचिब
हङ्कङ नेपाली मन्च युके
Share Button

Leave a Comment