Search

हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

लण्डन । हंगकंग नेपाली मंच यूकेको पाचौं कार्यसमितिको पहिलो बैठक आइतबार गोर्खा रेस्टुरेन्ट अल्डरसटमा सम्पन्न भयो  । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थालाई निरन्तर रुपमा सहयोग गर्दै आएका समाजसेवीहरुलाई आउंदो २ वर्षको लागि  संस्थाको सल्लाहकार मनोनित गरिएको हो ।

सल्लाहकार मनोनित हुनेहरुमा संस्थापक अध्यक्ष  प्रेम गुरुङ , पूर्व अध्यक्षद्धय विश्वजंग गुरुङ र ओम गुरुङ, निवर्तमान अध्यक्ष दुर्गा गुरुङ, एकेन्द्र गुरुङ, सुमलकुमार गुरुङ, नन्दकुमारी गुरुङ, मधुकर गुरुङ, हरिकाजी गुरुङ, विजय लिङ्देन, मानप्रसाद गुरुङ, गणेश इजाम, भक्तबहादुर दुरा, कमल गुरुङ, करम गुरुङ, उत्तरमान तिगेला, रोमा गुरुङ, झलम राई, याम गुरुङ, गणेशध्वज मल्ल र सिम्मी पुन छन् ।

त्यस्तै संस्थालाई अझै व्यापक र सक्रिय पार्नको लागि विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिहरु मनोनित गरिएको छ ।  जसमा बाबु राना (प्लमस्टिड, साउथ ईस्ट लण्डन ), ध्रुब दत्त (वेम्बली, वेस्ट नर्थ लण्डन) , विदुरमणि राई ( मेडिस्टोन), लोक गुरुङ ( फार्नबरो ), श्रीमती सुमी गुरुङ ( रेडिङ्ग ), लोकेश गुरुङ ( ननिटन ), बुद्ध घले ( अल्डर्सट ), अर्जुन गुरुङ ( स्विण्डन ), रुपेश रावत ( स्विण्डन ) र लालकाजी गुरुङ ( स्विण्डन ) छन् ।

मनोनित सम्पूर्ण सल्लाहकार तथा क्षेत्रीय प्रतिनिधीहरुलाई आउंदो जनवरी दोस्रो सातामा बस्ने कार्यसमिति बैठकमा निमन्त्रण गरि सम्मान गर्ने कार्यक्रम राखिएको उपाध्यक्ष ह्यारी गुरुङले जानकारी दिए ।

बैठकले वर्षेनी संस्थाले आयोजना गर्दै आएको वार्षिक भेटघाट कार्यक्रम आगामी वर्ष ४ मे शनिवारका दिन कनर्ट स्कुल अल्डर्सटमा गर्ने निर्णय गरेको छ ।  त्यस्तै संस्थालाई सामाजिक सहयोगको क्षेत्रमा अझै  क्रियाशील बनाउने उद्धेश्यले अर्को वर्ष ग्रिष्मकालिन हंगकंगे साँस्कृतिक साँझ २०१९ पनि गर्नेे निर्णय बैठकले गरेको छ ।

यसैगरी, बेलायतमा आयोजना हुने गोर्खा कप २०१९ फूटबल प्रतियोगितामा पनि संस्थाको तर्फबाट भाग लिने निर्णय गरिएको छ । बैठक महासचिव धनु थकालीले संचालन गरेका थिए ।

यसअघि गत ६ अक्टोबरका दिन सम्पन्न हंगकंग नेपाली मञ्च यूकेको मञ्चको ९ औं वार्षिक साधारणसभा तथा पांचौं अधिवेशनले भिम महेन्द्र गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा ह्यारी गुरुङ, श्रीमती जानुका काम्वाङ्ग लिम्बू र  चन्द्र कुमार सुनार तथा महासचिव धनु थकाली, सचिव बल्लभ गुरुङ, कोषाध्यक्ष जगत गुरुङ र सहकोषाध्यक्ष श्रीमती  ओमदेवी गुरुङ छन् ।

खेलकुद सचिव एमकुमार गुरुङ, वेभमास्टर प्रेम गुरुङ, सांस्कृतिक सचिव सन्तोष गुरुङ, प्राविधिक सचिव विशन गुरुङ, प्राविधिक सदस्य हरि (सूर्य) गुरुङ, सांस्कृतिक सदस्य श्री गुरुङ र सदस्यहरुमा मास्टर थान कुमान लिम्बू, श्रीमती इन्द्रकुमारी गुरुङ, खगेन्द्र गुरुङ, लोकमान गुरुङ र विष्णु ज्ञवाली सर्वसम्मत भएका थिए ।

हङकङबाट बेलायत आई बसोबास गरेका भूतपूर्व गोर्खाहरु तथा उनीहरुका सन्ततिहरुको संस्था हङकङ नेपाली मञ्च यूकेको स्थापना १ मे २००९ मा भएको हो

Share Button