Search

हंगकंग नेपाली मञ्च यूकेको वार्षिक साधारण सभा सम्पन्न

६ डिसेम्बर २०१५
हंगकंग नेपाली मञ्च यूकेको वार्षिक साधारण सभा अल्डर्सटको भेटघाट रेस्टुरेण्टमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष विश्व जंग गुरुड.को सभापतित्वमा र सचिब खुशी लिम्बुको सञ्चालनमा सम्पन्न साधारण सभामा मञ्चका अन्य पदाधिकारीहरु, सदस्यहरु, साधारण सदस्यहरु लगायत सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।image-a36289855c1995bf50442a972b5403bb6caccd148b087be690390cbc9ad02143-V बैठकको पुर्वाद्धमा हंगकंग नेपाली मञ्चका सदस्यहरुले बिभिन्न क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धिहरुको समिक्षा गर्दै सम्बन्धित ब्यक्तिहरुलाई बैठकले बधाई तथा सम्मान प्रदान गर्यो । त्यसमध्ये मञ्चका सचिब खुशी लिम्बूलाई एनआरएन यूकको प्रवक्तामा तथा सल्लाहकार बिजय बिक्रम लिम्बूलाई महासचिबमा बिजयी भएकोमा मञ्चले बधाई ज्ञापन गर्यो । मञ्चका सहसचिब श्रीमती जानुका काम्बाड. लिड.देनले हालै मात्रै आफूद्धारा रचित पहिलो गीती एलबम “अनुभव’ र “शिविरमा ईश्वर’ नामक पहिलो कविता संग्रह प्रकाशित गरेकोमा र मञ्चका सदस्य कल्पना आड.बुहाड.ले पनि आफू रचित “आमा” गीती एलबमको दोश्रो भाग विमोचन गर्न सफल भएकोमा साधारण सभाले दुबै श्रष्टाहरुलाई हार्दिक बधाई तथा सम्मान प्रदान गर्यो । त्यस्तैगरी मञ्चका अध्यक्ष विश्व जंग गुरुड., उपाध्यक्ष भीम महेन्द्र गुरुड., र सल्लाहकारद्धव एकेन्द्र गुरुड. र मधुकर गुरुड. हालैमा एनआरएन यूकेको गरिमामय सल्लाहकार पदमा मनोनित भएकोमा साधारण सभाले उहाँहरुलाई पनि हार्दिक बधाई तथा सम्मान ज्ञापन गर्यो ।
सभाको उत्तराद्र्धमा कोषाध्यक्ष पञ्च कुमारी गुरुड.ले बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरे भने सचिब खुशी लिम्बुले वर्तमान समितिले सेप्टेम्बर २०१४ मा कार्यभार ग्रहण गरेपश्चात आजसम्म गरेका प्रगति प्रतिबेदन प्रस्तुत गरे । सचिबको बार्षिक प्रतिबेदनका उल्लेखनीय प्रगतिहरुमध्ये गएको बर्षमा मञ्चका पञ्जिकृत सदस्यहरुको सदस्यहरुको संख्या एकसय प्रतिशतले बढेको, नेपालमा गएको भुकम्प प्रभावित क्षेत्रमा राहतका लागि उल्लेखनीय कार्य गरेको, गोर्खा कप जस्ता उच्चस्तरीय फुटबल प्रतियोगितामा मञ्चको टीम उपविजेता भएको जस्ता जानकारीहरु समाहित थिए ।
image-55648161d1a542579f3cbd2a797c3ebb2642641f576293c4e1d11ad9a6942e91-Vत्यस्तैगरी साधारण सभाले सचिब खुशी लिम्बुको संयोजन र सहसचिब जानु काम्बाड. लिड.देनको उद्घोषणमा आयोजनामा आगामी मार्च २६ २०१६ मा हुन गइरहेको च्यारिटी डिनर कार्यक्रमको सफलताका निम्ति हंगकंग नेपाली मञ्चका सबै सदस्यहरुले आआफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको छ ।
Share Button

Leave a Comment