Search

हंगकंग नेपाली मञ्च यूकेले भूकम्प प्रभावित क्षेत्र रामेछापमा दोश्रो चरणको कार्य पुरा गर्ने ।

आदरणीय बेलायतवासी हंगकंगेली नेपाली दिदीबहिनी एबं दाजुभाइहरु  नमस्कार ।  बिषयः हंगकंग नेपाली मञ्च यूकेले भूकम्प प्रभावित क्षेत्र रामेछापमा दोश्रो चरणको कार्य पुरा गर्ने ।तपाईं हामी सबैको साझा संस्था हंगकंग नेपाली मञ्च यूकेको चालु कार्यसमितिको चौथो बैठक हालै सम्पन्न भएको छ । अक्टोबर ४ तारिख आइतबारका दिन अध्यक्ष विश्ज जंग गुरुड.को अध्यक्षतामा अल्डसशटको भेटघाट रेस्टुरेन्टमा बसेको उक्त बैठक मञ्चका सचिब खुशी लिम्बू र सहसचिब जानुका काम्बाड. लिड.देनले सञ्चालन संचालन गरेका थिए । बैठकमा मन्चका संस्थापक सदस्यहरु तथा सल्लाहकार ज्यूहरुको पनि उपस्थिति रह्यो । बैठकमा भएका सबै निर्णयहरुको बिबरणहरु सदा झैं सहसचिब श्रीमती जानु काम्बाड. लिड.देनबाट यथासक्य चाँडो उपलब्ध हुनेछ । तर आजको यो इमेल हाम्रो रामेछाप भुकम्प राहत प्रोजेक्ट (बाँकी कम्तिमा अरु १० वटा टहराहरु बनाउने) मा केन्द्रित रहनेछ ।


बैठकले सर्बप्रथम मञ्चका सचिब खुशी लिम्बुलाई गत महिना सम्पन्न एनआरएन यूकेको छैठौं अबिधेशनमा प्रबक्ता पदमा निर्वाचित हुनुभएकोमा र सल्लाहकार बिजय बिक्रम लिड.देनलाई पनि एनआरएन यूकेको महासचिब पदमा निर्वाचित हुनुभएकोमा खादा ओढाएर हार्दिक बधाई ज्ञापन गर्यो । त्यसपछि मञ्चका सचिब खुशी लिम्बुले गत मे र जुन महिनामा नेपालको भूकम्प प्रभावित क्षेत्र रामेछापमा संचालित राहत कार्यक्रम स्वरुप निमाण गरिएको ३० वटा टहराहरुको बारेमा जानकारी गराए । सचिब लिम्बुद्धारा प्रस्तुत उक्त राहत कार्यक्रमका लागि संकलित रकम र खर्चहरुको बिबरणलाई बैठकले पारित गर्यो ।
स्मरण रहोस् , भुकम्प ग्रस्त क्षेत्रहरुमा गएर पिडितहरुलाई प्रत्यक्ष भेटी राहत पुर्याउने योजना अनुरुप अध्यक्ष बिश्व जंग गुरुड.को नेतृत्वमा मञ्चका साधारण सदस्यहरुबाट करिब पाँच लाख रुपैयाँ संकलन भएको थियो भने सचिब खुशी लिम्बुको नेतृत्वमा हंगकंग नेपाली मञ्च यूकेको एक टोली नेपाल गएर रामेछापको फर्पु गाबिसका अति प्रभावित ३० घरपरिवारहरुलाई फलामका छड र जस्ताद्धारा निर्मित टहराहरुको निर्माण कार्य सम्पन्न गरिएको थियो । ‘प्रथम चरणको राहत कार्यक्रम’ भन्न सकिने उक्त योजनामा के कति रकम संकलन र खर्च भयो भन्ने बारेमा सहसचिबको माइन्युटमा उल्लेख हुने नै छ । त्यस्तै गरी आगामी 6 डिसेम्बर, 2015 सनीवारको दिनमा हुन गैरहेको वार्षिक साधारण सभामा पनि सचिबको प्रतिबेदनमा उल्लेख हुनेछ ।
शुरुमा बिभिन्न संचार माध्यमहरु मार्फत करिब ४० घरपरिवारहरुलाई टहराहरु प्रदान गर्ने भएता पनि रकम संकलनमा केही ढिलाई हुन गएका कारण सचिब खुशी लिम्बु ३० वटा टहराहरु मात्र गाउँवासीहरुलाई हस्तान्तरण गरेर गत जुनमा बेलायत फर्किनुभएको थियो । अब बाँकी टहराहरुको निर्माण कार्य सम्पन्न गर्नका निम्ति सचिब खुशी लिम्बु भोली अक्टोबर १२ तारिख नेपाल जाँदै हुनुहुन्छ । “दोश्रो चरणको” उक्त पुनर्निमाण कार्य अबिलम्ब पुरा गर्नका निम्ति मञ्चका बाँकी सबै तप्काका सदस्यहरुबाट पुनः एकपटक रकम संकलन गर्ने क्रममा मञ्चका सल्लाहकार मधुकर गुरुड.बाट रु.३०,४०० र स्विन्डन निवासी अर्का सल्लाहकार दीपक थापा र उहाँकी श्रीमती तथा गोर्खा हेयर एण्ड ब्युटी सेलुन, स्विन्डनका प्रोप्राइटर ज्ञानु थापा र पार्टनर बाट रु.१६,००० पनि सोही दिन सधन्यवाद प्राप्त भएको सहस्र जानकारी गराउँदछौं ।
बाँकी सदस्यहरुबाट हाल द्रुततर गतिमा रकम संकलन भइरहेको छ । यस अवसरमा गत मे र जुन महिनामा रकम (चन्दा) दिने प्रतिबद्धता जनाउनुभएका तर भुक्तानी गर्न बाँकी रहेका सदस्यहरु लगायत बाँकी सबै हंगकंगेली दिदीबहिनी, दाजुभाइ र साथीहरुलाई पुनः एक पटक चाँडोभन्दा चाँडो रकम संकलन गरेर हामीले थालेको ऐतिहासिक परोपकारी कार्य पुरा गरौं भन्ने चाहाना ब्यक्त गर्दछौं ।

A/C detail as follows:
Barclays bank
Mr B Gurung
S/C – 201699
A/C – 03577376
विश्व जंग गुरुड.
अध्यक्ष
तथा सम्पूर्ण कार्यसमिति
हंगकंग नेपाली मञ्च यूके

Regards,
KhusiLimbu
General Secretary
Hong Kong Nepali Munch UK
www.hongkongnepalimunchuk.com
g-secretary@hongkongnepalimunchuk.com

Share Button

Leave a Comment