Search

हङकङ नेपाली मञ्चको अध्यक्षमा भीम निर्वाचित

अल्डरसट । हङकङ नेपाली मञ्चको अध्यक्षमा भीम (महेन्द्र) निर्वाचित भएका छन् । अल्डरसटस्थित माइतीघरमा गत ६ अक्टोबरका दिन सम्पन्न मञ्चको ९ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

हङकङबाट बेलायत आई बसोबास गरेका भूतपूर्व गोर्खाको सन्तानहरुको लोकप्रिय संस्था हङकङ नेपाली मञ्चको नयाँ कार्यसमितिको उपाध्यक्षमा जानु काम्वाङ्ग लिम्बू, चन्द्रद्रसुनार र हरि गुरुङ चयन भएका छन् । त्यस्तै, महासचिवमा धनु थकाली, सचिवमा बल्लभ गुरुङ, कोषाध्यक्षमा जगत गुरुङ र सहकोषाध्यक्ष ओमदेवी गुरुङ निर्वाचित भएका छन् ।

खेलकुद सचिवमा एम्कुमार गुरुङ, वेभमास्टरमा प्रेम गुरुङ, सांस्कृतिक सचिवमा सन्तोष गुरुङ, प्राविधिक सचिवमा विशन गुरुङ, प्राविधिक सदस्यमा हरि (सूर्य) गुरुङ, सांस्कृतिक सदस्यमा श्री गुरुङ र सदस्यहरुमा थान कुमान लिम्बू, इन्द्रकुमारी गुरुङ, खगेन्द्र गुरुङ, लोकमान गुरुङ र विष्णु ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सल्लाहकार तथा एनआरएनए युकेका पूर्वमहासचिव बिजय लिम्बू, सल्लाहकार तथा वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ, क्वोने÷घोताने÷घोण्डे तमु समाज युकेका वरिष्ठ सल्लाहकार नारायण कोने, एभरेस्ट टाइम्सका सम्पादक हरिकुमार (काजी) गुरुङ, मञ्चका पूर्वमहासचिव खुसी लिम्बू र तमुधिं युकेका निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङलगायतले खादा लगाई बधाइ दिएका थिए ।

बेलायतको नेपाली डायस्पोरामा अत्यधिक संघसंस्थाहरुमा निर्वाचन संयोजकको भूमिका निभाउँदै आएका पूर्वप्र.अ. एकेन्द्रद्रगुरुङको संयोजकत्वमा पोखरेली मञ्च युकेका अध्यक्ष मान गुरुङ र ग्रेटर रसमुर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष मधुकर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचन कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई शपथ गराएका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष दुर्गा गुरुङले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा अग्रीम सफलताको शुभकामना दिए । उनले आफ्नो कार्यकालमा सहयोग गरी सफल पार्ने सम्पूर्ण आफ्ना कार्यसमितिका सदस्यलगायत सम्पूर्ण हङकङ्गेली नेपालीहरुलाई धन्यवाद दिए ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष गुरुङले आफूलाई संस्थाको गरिमामय पद अध्यक्षमा निर्विरोध निर्वाचित गराएकोमा उपस्थित सम्पूर्ण हङकङ्गेली नेपालीहरुलाई धन्यवाद दिए । उनले आपूmलाई गरिमामय पदमा बसाइ अपार माया र विश्वास देखाएकोमा हृदयबाट नै धन्यवाद दिँदै संस्थालाई नयाँ उचाईमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

कार्यक्रमको पहिलो चरणमा दुर्गा गुरुङको अध्यक्षतामा ९ औं साधारणसभा सम्पन्न भएको थियो । सो अवसरमा महासचिव श्री गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अमर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
बेलायतमा रहेका हङकङ्गेली नेपालीहरुको बाक्लो उपस्थिति रहेको साधारणसभालाई संस्थापक अध्यक्ष प्रेम गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव श्री गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Share Button