Search

हङ्ग कङ्ग नेपाली मन्च यु के ले ११ औ भेट्घाट सम्पन्न भयो –

लन्डन्, ४ मे २०१९, हङ्ग कङ्ग नेपाली मन्च यु के ले ११ औ भेत्घाट कार्यक्रम सफल्ता पूर्वक र अति रमाइलो वातावरणमा हर्षोल्हास देखिन्थे । कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुवेदी र वहाँको धर्मपत्नी श्रीमति पुनम राज्यलक्ष्मी सुवेदीको समेत उपस्थिठी थियो भने विशेष अतिथि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष श्री योग कुमार फगामी साथै अन्न्य संस्थाबाट पनि गन्य मान्य अतिथिहरुको उपस्थिठीले कार्यक्रम सुन मा सुगन्ध भएको आभाश गरिएको थियो ।

कार्यक्रम हङ्ग कङ्ग नेपाली मन्च कै बर्तमान महा-सचिव श्री धनु थकाली ले सन्चालन गर्नु भएको थियो भने संस्थाका बर्तमान अध्यक्ष श्री भिम गुरुङ्गको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि महामहिम दुर्गा बहादुर सुवेदी र श्री योग कुमार फगामीले पनि आ-आफ्नो मन्तव्य दिनु भएको थियो । कार्यक्रममा आशा गरिएको जती साथी भाईहरु र दिदी बहिनीहरुको उपस्थिती नदेखिएता पनि आएका जतिलाई हाम्रा नेपालबाट आउनु भएका चार जना कलाकारहरुले माहोल अति उत्तेजित बनाउनु भएको थियो । दिपाशा बि सी (जलपरी), प्रीती आले, कृष्ण काफ्ले र पवन राना मगरको नाच र गाना ले उपस्थित मित्रहरुलाई मात्र नभै आगन्तुकहरुलाई समेत नचाएको थियो ।

महामहिम दुर्गा बहादुर सुवेदीको अति उत्तम भिडियो हेर्न यो लिन्कमा क्लिक गर्नुहोस । Video
Share Button