Search

हङ्ग कङ्ग नेपाली मन्च यू केको वार्षिक भेतघाट 2017 सम्पन्न!

नेपाली मन्च यू केले यस् बर्षको वार्षिक भेटघाट अल्डर्शत स्थित अंपायर बाँकेत्तिङ्ग हल मा सफलताको साथमा रमाइलो बातावरणमा रातिको १२ बजे सम्म नाची नाची खुशी भएका थिए। गएका बर्ष जस्तै यस बर्ष पनि साथीभाईसँग भेट गर्नको लागि कति साथीहरु टाढा टाढा बाट पनि आउनु भएको थियो भने कतिलाई थाहा नभएको गुनासो दिनु भएको थियो यो शायद हाम्रो प्रचार प्रसारको कमी हो भने कार्य समिति क्षमा प्रार्थी छ ।

हाम्रो नेपाली रज्दुताबास लण्डनबाट पाल्नु भएका श्री भुपेन्द्र प्रसाद घिमिरेज्यु, श्री योग कुमार फगामीज्यु अनी हाम्रो वर्तमान अध्यक्ष श्री दुर्गा गुरुङ्गज्यु बाट दीप प्रज्वलन पस्चात नेपाली अनि बेलायती राष्ट्रिय गीत देखी शूरु भएको कार्यक्रममा हाम्रा बहुमुल्य प्रायोजकहरु जस्तै पहिलो पुरुस्कारको प्रायोजक गोर्खा मोर्टगेजले एक तोला काँचो सुन, दोश्रो पुरस्कार वाइ बि सी क्लिनिङ सर्भिसेसबाट साम्सुङ्ग ग्यालेक्सीको त्याब्लेट अनी प्रिमोर्टगेजको तर्फबाट १०० पाउन्डको नगद पुरस्कार प्रदान गरिएको थियो भने स्पोन्सोर अफ ड इवेन्ट (Sponsor of the Event ) श्री कुमार गुरुङ्गज्यु अनी श्रीमती दिल माया गुरुङ्गज्युले वहाँहरुको सुपुत्री सुश्री

Priyata Gurung
सुश्री प्रियता गुरुङ्गले म्याथम्यातिक्समा पहिलो श्रेणीमा ग्रेजुयत, गर्वीला बाबा कुमार अनी दिल माया गुरुङ्ग.

प्रियता गुरुङ्गले म्याथम्याटिक्समा पहिलो श्रेणीमा ग्रेजुयत उतिर्ण गर्नु भएको हर्शोल्लाशमा £५०५।०० सहयोग गरी हाम्रो यस् बर्षको वार्षिक भेटघाट कार्यक्रमको स्पोन्सर अफ द इवेन्ट (Sponsor of the Event )हुनु भएकोमा कमिटी अनि सम्पूर्ण हङ्ग कङ्ग नेपाली मन्च यू के कृतज्ञता ब्यक्त गर्दै नानी सु श्री प्रियता गुरुङ्गको उत्तरोत्तर प्रगति अनी पूर्ण सफलताको हृदय देखि कामना गर्दछ। यसरी नै हाम्रा धेरै प्रायोजकहरु जस्तै Mr. Sumal Kumar Gurung,. Surya Gurung- Peepal Mortgage, Mr Dawa Lama MD of Munchees Cafe & Restaurant, Reading , Gore Gurung, G film, Director Sunrise Gurkha Sports Club Mr. Navaraj Ghale, A Star Financial Solution, Mr. Min Darlami, Mr. Gyam Bahadur Gurung (Pokhara Travel and Money Transfer) 32 Box Ltd, Mr. Gyan (Kanchha) Gurung, Mr. Kamal Gurung and Mr. Muchhetra Gurung, Everest Money & Himalayan travel, Miss Shanti Gurung ( CEO and Founder of Miss UK Nepal), Mr. Dev Gurung and Heera Gurung (Old Dean Camberley) and Everest Entertainment “E” Media Hub 2 Tickets for Entertainment Blast 2017 and Gorkha Jilla Samaj UK बाट हामीलाई आर्थिक सहयोग गरि हाम्रो यो वार्षिक भेटघाट कार्यक्रमलाई सफलताको कामना गर्नु भएको थियो।

कार्यक्रममा उप अध्यक्ष श्रीमति कृष्ण कुमारी गुरुगंको health & safely बारे जानाकारी दिनुभएको थियो भने वरिष्ठ उप अध्यक्ष श्री भिम गुरूगंको स्वागत मन्तव्य दिनुभएको थियो। संस्थाका संस्थापक सल्लहाकार श्री एकेन्द्र गुरूगं र संस्थापक अध्यक्ष श्री प्रेम गुरुगंले संस्थाको बारेमा प्रष्ट पार्नुभएको थियो । विशेष अतिथि NRNAUK का उप अध्यक्ष श्री योग कुमार फगामी ज्यु र मुख्य अतिथि Embassy of Nepal, London का Third Secretary श्री भूपेन्द्र प्रसाद घिमिरे ज्युले आ आफ्नो मन्तव्य राख्नुभएको थियो भने संस्थाका अध्यक्ष श्री दुर्गा बहादुर गुरुगंले सबै आगान्तुकहरुलाई धन्यवाद ज्ञापन दिनुभएको थियो साथै आउने बर्षहरुमा अझै ब्यापक रुपले जमघट गरी आ- आफ्नो मित्रहरुसँग राम्रो मैत्री मुर्ण सम्बन्ध राख्नु पनि ठुलो आवश्यक भएको कुरामा जोड दिनुभएको थियो भने एन आर एन यू केका उपाध्यक्ष श्री योग कुमार फगामीज्युलाई हङ्ग कङ्ग नेपाली मन्चको तर्फबाट £१०००।०० पाउन्ड एन आर एन भावन निर्माणको लागि सहयोग स्वरुप सानो रकम समेत हस्तान्त्रण गरिएको थियो जो हाम्रा  सम्पुर्ण भलाद्मी पाहुनाहरु अनि उपस्थित  मित्रहरूको कारण सफल भएको भन्नुमा पनि कुनै  शन्कै छैन।

संस्कृतिक कार्यक्रम बल्लव गुरुङ्ग र नीतु गुरुङ्ग्ले संचालन गर्नु भएको थियो । स्थानीय गायक पृथ्वी मान् गुरुगंले नेपथ्यको चर्चित गीत चरि मार्यो सिसैको गोलीले गीत गाएर दर्शकलाई भरपुर मनोरंजर दिलाएका थिए।साथै संस्कृतिक सचिव सन्तोष गुरूगंले पनि नेपथ्य कै छेक्यो छेक्यो गीत गाएर दर्शकलाई जुरूक जुरूक पारेका थिए। नितु गुरुगं, निश्चल र पल गुरुगंको नृत्यले दर्शकहरुलाई मंत्रमुग्ध पारेका थिए भने बुद्ध गुरुगंको माउथ हार्मोनियमको धुनले विशेष संदेश दिएको थियो। नेपालबाट आउनु भएका अति नै लोकप्रिय गायकहरु श्री शिव परियार जी, श्री याम क्षेत्री जीले उपस्थित सम्पूर्ण आगन्तुकहरु अनि हाम्रो आफ्नै मित्रहरुलाई नाच्न वाध्य बनाउनु भएको थियो र संस्कृतिक सचिव सन्तोष गुरूगंले YO YO DJ ले सबै दर्शकलाई नथाकुन्जेल नचाएका थिए। यस पटकको भेटघाट कार्यक्रममा हङ्ग कङ्गबाट आएका मात्र नभै सबै नेपालीलाई रमाइलोको लागि निम्तो गरिएको थियो भने सम्पूर्ण संघसंस्थालाई पनि निमन्त्रणा गरिएको थियो र वहाँहरुको बहुमुल्य समयको लागि पनि हङ्ग कङ्ग नेपाली मन्च यू केले नतमस्तक भन्न अत्तियुक्ती नहोला ।

अन्तमा यस् पटकको हाम्रो भेटघाट नभए पनि अर्को बर्ष २८ अप्रिल शनिवार २०१८ का दिन पूर्व निस्चित गरिएको छ। त्यसकारण सम्पूर्ण हङ्गकङ्गेली साथी भाई अनि दिदी बहिनीहरु अर्को बर्षमा जसरी भए पनि बिदा मिलाई एक दिन भेटघाटलाई समय दिनु हुनेछ भन्ने हामी सम्पूर्ण आशा गर्दछौ।

धन्यवाद

Share Button