Search

हङ्ग कङ्ग नेपाली मन्च यू के द्वारा नेपाली बाडी पीडितहरुलाई सहयोग

यहाँहरुमा सर्ब बितित्तै भएको कुरा हो केही महिना अगाडी नेपालमा भएको दैबिक प्रकोपको कारण हाम्रो आफ्नै दाजु भाई दिदी बहिनी तथा आफन्त जन हरुमा पर्न गएको सन्कटको बेला हङ्ग कङ्ग नेपाली मन्च यू के ले केहि सम्म भए पनि राहत दिने प्रयास गरेको थियो जुन ढिलो चादो वहाहरुको हातमा सफलताको साथ हात पार्न सफल भएको कुरा यी उपलव्ध तस्बिरहरु साक्षी छन ।

चेक हस्तान्त्रण अगाडी श्री गणेश मल्ल जी अनि सिधा कुरा जनता सँगका प्रबन्ध संचालक जी सँगको कुरा कानीको एक झालक

भगवानको कृपाले यी यस्ता किसिमका बिचलित बनाउने दैबिक प्रकोप हामी सम्पूर्ण प्राणी माथी कदापी नहोस र प्रकृतिको कृयाक्लाप जो हामीहरुको बशमा छैन जस्लाई हामी सबैले हाते मालो गर्ने हो भने हाम्रा आफ्नै दाजु भाई दिदी बहिनिहरु तथा आफन्त जनहरुलाई अबस्य पनि केहि न केहि राहत मिल्ने छ।

यो सुकार्य हाम्रै संस्थाका पूर्व कोषाध्यक्ष श्री गणेश मल्लजीको हातबाट नेपाली १ लाख रुपैया (रु । १००,०००.००) सिधा कुरा जनता सँगका प्रबन्ध संचालक जी लाई हस्तान्त्रण गरिएको कुरा केहि महिना अगाडी नै सार्बजनिक भएको कुरा पनि यहाँहरुलाई ज्ञात गराउन चाहन्छौ । यस्ता साना ठुला समाजसेवी कामहरुको ज्वलन्त उधाहरणहरु सायद यहाँहरुले बिभिन्न समाजिक सन्जाल तथा पत्र-पत्रीकाहरुद्वारा पक्कै पनि सुन्दै आइ रहनु भएको पनि ध्रुब सत्य छ ।

Share Button